Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओलीले फूल माला लगाए लगत्तै शिवजीले बाबुराम र उपेन्द्रको पार्टीमा पहिरो जाने सुनाए यस्ता भित्री कुरा  

ओलीले फूल माला लगाए लगत्तै शिवजीले बाबुराम र उपेन्द्रको पार्टीमा पहिरो जाने सुनाए यस्ता भित्री कुरा  


  • 7.8K
    Shares

    ओलीले फूल माला लगाए लगत्तै शिवजीले बाबुराम र उपेन्द्रको पार्टीमा पहिरो जाने सुनाए यस्ता भित्री कुरा  
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संग नजिकको सम्बन्ध भएका र आजै मात्र नेकपाको ओली समूहमा प्रवेश गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. शिवजी यादवले १५ दिनभित्र जसपामा पहिरो जानेगरी नेताहरु ओली पक्षमा लाग्ने दाबी गर्न भ्याएका  छन्।

    ओली समूहमा प्रवेश गरे पछि पत्रकार संग  पूर्वसांसद डा. यादवले जसपाका उच्चदेखि स्थानीय तहसम्मका नेताहरुको ठूलो संख्या ओली समूहमा प्रवेश गर्ने दाबी गरेका हुन् ।

    ‘हेरिराख्नुस् १५ दिनभित्र जसपामा पहिरो जान्छ,’ यादवले भने, ‘अहिले नै यतिउति संख्या ताक्दिन तर लिडरदेखि कार्यकर्तासम्म, संघदेखि प्रदेश र स्थानीय तहसम्मको ठूलो संख्यामा साथीहरु प्रधानमन्त्रीको पार्टीमा जोडिनेछन्,’ उनले भने।

    यादवले जनताको जनमत लिन चुनावमा जाने विषयलाई पार्टीले अस्वीकार गरेर आन्दोलन सुरु गरेको हुँदा आफूले जसपा परित्याग गरेको बताए।

    ‘निर्वाचनमा नजाने कुरामै मेरो मुख्य असहमति हो, हामीले संविधान सभाले बनाएको संविधानलाई नमानेर जलाएकै थियौं, पछि चुनावमा सहभागी भयौं,’ संसदमा यसअघि सचेतक समेत रहिसकेका यादवले भने, ‘फेरि अहिले चुनावको विरोध गर्ने निर्णय पनि उहिलेको संविधान नमान्ने जस्तै हुने देखेर म त्यो पार्टीमा बस्न उचित ठानिनँ,’

    उनका अनुसार ओली नेतृत्वको पार्टीमा जोडिनको लागि एकमहिनादेखि तयारी भएको थियो। ‘पटक पटक छलफल भएको हो, यसैपनि म उहाँसँग विभिन्न च्यानलबाट जोडिएकै थिएँ, हिजो चाहिँ पार्टी नै प्रवेश गर्ने निर्णय गरेँ,’ उनले भने।

    पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सडक आन्दोलन चर्काइरहेको छ। नेपाली कांग्रेस र जसपा लगायतका संसदमा रहेका दलले पनि प्रतिनिधि सभा पुनस्र्थापना माग गरेर आन्दोलन गरिरहेका छन्।

    आन्दोलनकै क्रममा रहेको पार्टीसँग असन्तुष्टि जनाएर उनी सत्तारुढ दलमा प्रवेश गरेका हुन्। डा. यादव संविधान सभाको निर्वाचनमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरममा सक्रिय भएका हुन्।

    त्यसयता उनी उपेन्द्रकै पार्टीमा थिए। रुसबाट इन्जिनियरिङ अध्ययन गरेर फर्केलगत्तै उनी सक्रिय राजनीतिमा लागेका हुन्।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १६:५९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij