Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृहमा उजुरी

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृहमा उजुरी


  • 2.5K
    Shares

    रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृहमा उजुरी

    चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

    आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 

    गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं. १९१ रहेको र सो शाखाबाट च.न. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् । 

    गृह मन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी रहेको बताए । उनले सो उजुरी बारेमा के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने बताए ।

    यसअघि लामिछाने विरुद्ध निर्वाचन आयोगमा पनि लामिछाने अमेरिकाबाट फर्किएपछि रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी  परेको थियो ।  मतगणनाको अन्तिम परिणाम आइसकेकोले आयोगले सो विवाद हेर्ने आफ्नो क्षेत्राधिकार सकिएको बताएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १४:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij