Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

फेरि मतदान गर्ने कि मत गणना गर्ने बारेमा अध्ययन गर्न आयोगको टोली बाजुरामा

फेरि मतदान गर्ने कि मत गणना गर्ने बारेमा अध्ययन गर्न आयोगको टोली बाजुरामा


  • 1.5K
    Shares

    फेरि मतदान गर्ने कि मत गणना गर्ने बारेमा अध्ययन गर्न आयोगको टोली बाजुरामा

     ४ मंसिरको चुनावमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि त्यसबारेमा अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ ।

    आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।

    मंसिर ४ गते भएको चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन ।

    कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ । एमालेले पनि ८ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ ।

    बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ ।

    त्रिवेणी नगरपालिका २, ३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८ बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ ।

    टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ । टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गर्ने भएको छ ।

    बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० मा हुने छ । मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको हो । गत स्थानीय चुनावमा बूढीगंगा नगरपालिकामा आयोगले दोहोर्‍याएर चुनाव गराएको थियो ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १४:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij