Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?


  • 2.3K
    Shares

    प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

    काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

    निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ११ लाख २१ हजार २२१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ६३ हजार ९५७ मत प्राप्त गरेको छ ।

    तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत संख्या पाँच लाख ३१ हजार ५२० रहेको छ ।

    नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार १०५, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार ८१०, नेकपा (एकीकृत समाजवादी)को ८० हजार ३०२, जनमत पार्टीको ८० हजार २३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार ७५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ७७०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ५६ हजार २२१, हाम्रो नेपाली पार्टीको ३३ हजार ४१९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ । रासस

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १३:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij