Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, कार्यक्रममा बाबुराम गएनन् !

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, कार्यक्रममा बाबुराम गएनन् !


  • 1.6K
    Shares

    प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, कार्यक्रममा बाबुराम गएनन् !

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन् ।

    गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए । त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए । तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे । बाबुराम गएनन् ।  

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १२:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij