Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

समानुपातिक मत अपडेट: एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटाए, स्वतन्त्रको कति ?

समानुपातिक मत अपडेट: एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटाए, स्वतन्त्रको कति ?


  • 2.4K
    Shares

    समानुपातिक मत अपडेट: एमालेले १० लाख, कांग्रेसले साढे ९ लाख कटाए, स्वतन्त्रको कति ?

    प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार नेकपा (एमाले) १० लाख ३३ हजार २९९ मतसहित अग्रस्थानमा छ । नेपाली कांग्रेस नौ लाख नौ हजार एक मतसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीचको मतान्तर ४४ हजार २२ छ ।

    निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मत पाँच लाखनजिक पुगेको छ । स्वतन्त्र पार्टीले चार लाख ८८ हजार ६९७ मत ल्याइसकेको छ ।

    समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)ले चौथो स्थानमा छ । माओवादी केन्द्रले चार लाख ५२ हजार ६४८ मत पाएको आयोगले जनाएको छ ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६२ हजार ९२४ मत ल्याएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक लाख २९ हजार ६३३ मत पाएको छ । जनतमत पार्टीले ७७ हजार ३१६, नेकपा (एकीकृत समाजवादी)ले ७३ हजार २३४ मत प्राप्त गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६२०, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३४० मत पाएको आयोगले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५४ हजार ३२५ मत प्राप्त गरेको छ ।

    अरू दलहरूले ५० हजारभन्दा कम मत पाएका छन् । हालसम्म चार पार्टीले मात्र तीन लाख मत कटाएका छन् ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - ११:३८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij