२०८२ माघ १७ गते शनिवार
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुला बास्कोटाले जित पक्का गरेका छन्। काभ्रे अब दुई बुथको मतगणना बाँकी रहँदै बास्कोटाले जित पक्का गरेका हुन्।
अहिले त्यहाँ ५००० मत गन्न बाँकी रहेको छ। बाँस्कोटाले ५७१८ मतान्तरमा अग्रता बनाएका छन्।
ताजा अवस्थामा उनले ४३ हजार ५६३ मत लिएका छन्। पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बनेका शिव हुमागाइँले ३७ हजार ६०७ मतसहित पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काभ्रे क्षेत्र नम्बर २ मा अहिलेसम्म ९३५४ मत प्राप्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij