Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

निर्वाचन-०७९: प्रत्यक्षतर्फ ११५ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीका उम्मेदवार कहाँ विजयी ? (सूचीसहित)

निर्वाचन-०७९: प्रत्यक्षतर्फ ११५ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीका उम्मेदवार कहाँ विजयी ? (सूचीसहित)


  • 2.1K
    Shares

    निर्वाचन-०७९: प्रत्यक्षतर्फ ११५ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीका उम्मेदवार कहाँ विजयी ? (सूचीसहित)

    आइतबार सम्पन्न आम निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ ११५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ३८ क्षेत्रमा विजयी हुँदै पहिलो भएको छ । यस्तै नेकपा एमालेले २९, माओवादी केन्द्रले १२, नेकपा एकीकृत समाजवादी पार्टीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ५ तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले १४ सिटमा विजय हासिल गरेका छन् । 

    नेपाली कांग्रेसले जारी मतगणनामा प्रतिनिधिसभातर्फ ३८ स्थानमा विजय हासिल गर्दा १८ स्थानमा अग्रता कायमै छ । प्रत्यक्षतर्फ कांग्रेस शीर्ष स्थानमा रहेको हो । 

    कांग्रेसले जितेका निर्वाचन क्षेत्रः
    शेर बहादुर देउवा–डडेल्धुरा
    पूर्ण बहादुर खड्का–सुर्खेत १
    विश्व प्रकाश शर्मा–झापा १
    मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २
    डा शेखर कोइराला–मोरङ ६
    रामनाथ अधिकारी–धादिङ२
    हृदयराम थानी–सुर्खेत २
    देव प्रसाद तिमलसेना–रौतहट४
    रामहरि खतिवडा–ओखलढुङ्गा
    राजेन्द्र बजगाई–गोरखा १
    रमेश रिजाल–पर्सा ४
    संजय कुमार गौतम–बर्दिया १
    शंकर भण्डारी–तनहुँ २
    रमेश लेखक–कञ्चनपुर ३
    श्‍याम कुमार घिमिरे–सिन्धुली १
    विनोद कुमार चौधरी–नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१
    किशोर सिह राठोर–बाँके ३
    दिलेन्द्र प्रसाद बडू–दार्चुला
    अजय कुमार चौरसिया–पर्सा २
    नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २
    शशांक कोइराला–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
    वीरबहादुर बलायर–कैलाली ४
    दिनेश कुमार यादव–सप्तरी ३
    रामचन्द्र पौडेल–तनहुँ १
    दुर्लभ थापा क्षेत्री–भक्तपुर २
    खम बहादुर गर्बुजा–म्याग्दी
    उदयशमशेर राणा–ललितपुर १
    पुष्प बहादुर शाह–अछाम २
    गगन कुमार थापा–काठमाडौं ४
    दिक्पाल कुमार शाही–दैलेख २
    राम कृष्ण यादव–धनुषा २
    मोहन आचार्य–रसुवा
    प्रदीप पौडेल–काठमाडौं ५
    राजेन्द्र कुमार केसी–काठमाडौं १०
    सन्तोष चालिसे–काठमाडौं ३
    प्रकाश मान सिंह–काठमाडौं १
    योगेश गौचन थकाली–मुस्ताङ
    टेक बहादुर गुरुङ–मनाङ 

    यस्तै कांग्रेसको अग्रता रहेका निर्वाचन क्षेत्र
    राजु थापा–स्याङ्जा १
    चन्द्रकान्त भण्डारी–गुल्मी १
    दीपक खड्का–संखुवासभा
    ऐन बहादुर शाही ठकुरी–मुगु
    पूर्ण वहादुर तमाङ्ग–रामेछाप
    डा नारायण खड्का–उदयपुर १
    विष्णु कुमार कार्की–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
    अर्जुन नरसिंह केसी–नुवाकोट २
    सुनिल कुमार शर्मा–मोरङ ३
    दीपक गिरी–दाङ ३
    तेजु लाल चौधरी–सप्तरी ४
    महेन्द्र यादव–धनुषा ४
    महेन्‍द्र कुमार राय–महोत्तरी ४
    डिल्ली राज पन्त–कैलाली ५

    एमाले कहाँ–कहाँ विजयी ?
    एमालेले प्रतिनिधिसभातर्फ २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपासँग तालमेलबाहेक अन्य क्षेत्रमा एमाले एक्लै लडेर पनि राम्रो नतिजा ल्याएको हो । यद्यपि सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने पराजित हुन पुगे । 

    एमालेबाट विजयी उम्मेदवारः  
    केपी शर्मा ओली–झापा५
    टोप बहादुर रायमाझी–अर्घाखाँची
    सूर्य बहादुर थापा क्षेत्री–प्युठान
    अच्युत प्रसाद मैनाली–बारा १
    बासु देव घिमिरे–रुपन्देही ५
    पृथ्‍वीसुब्बा गुरुङ–लमजुङ
    महेश कुमार बर्तौला–मकवानपुर २
    बलराम अधिकारी–कपिलवस्तु १
    दामोदर भण्डारी–बैतडी
    जुली कुमारी महतो–धनुषा ३
    हरि प्रसाद उप्रेती–सर्लाही ३
    वसन्त कुमार नेम्वाङ्ग–पाँचथर
    राजेन्द्र कुमार राई–धनकुटा
    पदम गिरी–पर्वत
    राम शंकर यादव–सिरहा १
    लाल प्रसाद साँवा लिम्बू–झापा ४
    देव राज घिमिरे–झापा २
    गोकर्ण राज विष्‍ट–गुल्मी २
    सुर्य प्रसाद ढकाल– बाँके१
    तारा लामा तामाङ–कञ्चनपुर १
    राज कुमार गुप्ता–पर्सा ३
    दामोदर पौडेल वैरागी–कास्की ३
    योगेश कुमार भट्टराई–ताप्लेजुङ
    ज्वाला कुमारी साह–बारा ३
    मानवीर राई–सोलुखुम्बु
    विद्या भट्टराई– कास्की २
    अम्वर बहादुर रायामाझी– उदयपुर २
    प्रेम बहादुर महर्जन– ललितपुर २
    कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९

    यस्तै एमालेको अग्रता रहेका निर्वाचन क्षेत्र

    रेशम बहादुर लामा– काभ्रेपलाञ्चोक १
    छविलाल विश्वकर्मा–रुपन्देही–१
    घनश्याम खतिवडा–मोरङ१
    बिजय सुब्बा– तेह्रथुम
    महेश बस्नेत–इलाम १
    नारायण प्रसाद आचार्य–पाल्पा १
    मन बहादुर गुरुङ्ग–कास्की १
    बृजेश कुमार गुप्‍ता– कपिलवस्तु २
    गोकुलप्रसाद बाँस्कोटा–काभ्रेपलाञ्चोक २
    ठाकुर प्रसाद गैरे–पाल्पा २
    सुवास चन्द्र नेम्वाङ्ग–इलाम २
    ऋषिकेश पोखरेल–मोरङ २
    विष्‍णु प्रसाद पौडेल–रुपन्देही २
    भीम प्रसाद आचार्य–सुनसरी२
    मंगल प्रसाद गुप्‍ता– कपिलवस्तु ३
    भगवती चौधरी–सुनसरी ३
    लिलानाथ श्रेष्ठ–सिरहा ३
    जगदीश प्रसाद कुसियैत–सुनसरी ४

    माओवादीको नतिजा 

    माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै अब ६ स्थानमा अग्रता रहेको छ । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा देखिएको हो ।  माओवादीबाट अध्यक्ष प्रचण्डसहितका नेताहरु विजयी भइसकेका छन् भने महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा, नुवाकोट १ बाट हितबहादुर तामाङ, कालिकोटबाट महेन्द्र बहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमा रहेका छन् । 

    माओवादीबाट विजयी उम्मेदवार यी हुन्ः
    पुष्प कमल दाहार्ल प्रचन्ड–गोरखा२
    वर्षमान पुन–रोल्पा
    जनार्दन शर्मा–रुकुम पश्चिम
    शक्ति बहादुर वस्नेत–जाजरकोट
    राम कुमार राई–खोटाङ
    अमन लाल मोदी–मोरङ ४
    माधव सापकोटा–सिन्धुपाल्चोक १
    सुदन किराती–भोजपुर
    लेख नाथ दाहाल–सिन्धुली२
    रेखा शर्मा–दाङ २
    देवेन्द्र पौडेल–बाग्लुङ२
    पूर्ण बहादुर घर्ती मगर–रुकुम पूर्व

    समाजबादीबाट को–कहाँ ?
    माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ । अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् । 

    एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् । यस्तै उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।
    घण्टीको चमत्कार
    पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो ।  सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९२६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४१८९ मतका साथ विजयी हुँदा ललितपुर ३ बाट डा तोसिमा कार्की ३११३६ मतका साथ विजयी भइन् ।  यसैगरी काठमाडौं २ बाट सोविता गौतम १५२३८ मतका साथ विजयी हुँदा काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भए । 

    यस्तै काठमाडौं ८ बाट विराज भक्त श्रेष्ठ १०११२ मतका साथ जियी भए भने ७ बाट गणेश पराजुली विजयी भए । पराजुलीले ८७४३ मत पाएर विजय हासिल गरेका हुन् ।  यस्तै सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् ।
    राप्रपा ५ सिटमा विजयी

    राप्रपाले प्रतिनिधिसभामा ५ सिट जित दर्ता गराएको छ । यस्तै सो पार्टीको अझै २ क्षेत्रमा अग्रता कायमै छ ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट ४० हजार ६६२ मतका साथ जित दर्ता गराए भने उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ बाट विजय हासिल गरे । उनले ३४ हजार ७६४ मत पाएर विजयी भएका हुन् ।  यस्तै महामन्त्री धवल शमशेर राणा बाँके २ बाट विजयी हुँदा उनले २९ हजार ५७७ मत प्राप्त गरे । 

    यस्तै कार्यसम्पादन समिति सदस्य दीपक बहादुर सिंह मकवानपुर १ बाट विजयी हुँदा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी भए । सिंह र शाहीले क्रमशः २७८१६ र २२८१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  अझै राप्रपाका वरिष्ठ नेता दीपक बोहराले रुपन्देही ३ र उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट अग्रता बनाएका छन् ।

    यसैगरी बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवाल, सप्तरी २ बाट जनमत पार्टीका सीके राउत, सर्लाही १ र रुपन्देही ४ बाट क्रमशः लोसपाका राम प्रकाश चौधरी र सर्वेन्द्र नाथ शुक्ला, सिरहा ४ र पर्सा १ बाट क्रमशः जसपाका बिरेन्द्र प्रसाद महतो र प्रदीप यादव विजयी भएका छन् । यसैगरी मोरङ ५, रौतहट २ र ३, सर्लाही ४ र बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारहरु क्रमशः योगेन्द्र मण्डल, किरण कुमार साह, प्रभु साह, लालवीर चौधरी र अमरेश कुमार सिंह विजयी भएका छन् । 

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - ११:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij