Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रदेशसभा निर्वाचन २०७९: चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

प्रदेशसभा निर्वाचन २०७९: चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी


  • 1.8K
    Shares

    प्रदेशसभा निर्वाचन २०७९: चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार भएका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् ।

    ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएको चितवन १ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

    ३८ वर्षीय युवक हरि ढकालले एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे र अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेललाई भारी मतान्तरले पराजित गरेका छन् ।

    पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए । १४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल सो पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १६:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij