२०८२ माघ १७ गते शनिवार
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष चालिसे, राजन केसी, उदयशम्शेर जबरा, दुर्लभ थापा क्षेत्री, ई मोहन आचार्य, रामहरि खतिवडा, अजयकुमार चौरसिया पनि विजयी भएका छन् । विजयी अन्य उम्मेदवारमा रमेश रिजाल, श्यामकुमार घिमिरे, टेकबहादुर गुरुङ, किशोरसिंह राठोर, दिक्पालकुमार शाही, हृदयराम थानी, पुष्पबहादुर शाह, नारायणप्रसाद साउद, शङ्कर भण्डारी, राजेन्द्र बजगाईं, देवप्रसाद तिमिल्सिना र खमबहादुर गर्बुजा छन् ।
यसैगरी नेकपा (एमाले) १७ स्थानमा विजयी भएको छ । एमालेका विजयी उम्मेदवारहरूमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, गोकर्णराज विष्ट, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायामाझी, राजेन्द्रकुमार राई, लालप्रसाद ९एलपी० साँवा लिम्बू, देवराज घिमिरे, अम्बरबहादुर रायामाझी, मानवीर राई, राजकुमार गुप्ता, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, विद्या भट्टराई, पदम गिरी र वासुदेव घिमिरे विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र) नौ स्थानमा विजयी भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी भएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) छ स्थानमा विजयी भएको छ ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ । पार्टी अध्यक्ष रवि लामिछानेका साथै सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० तीन स्थानमा जित हासिल गरेको छ । राप्रपाका धवलशम्शेर राणा, दीपकबहादुर सिंह र ज्ञानबहादुर शाही विजयी भएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) प्रदीप यादव विजयी भएका छन् । जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।
हेर्नुस् प्रतिनिधिसभामा अहिलेसम्म विजयी हुनेहरुको सूची :
नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
(२७) नवलपरासी पूर्व १ - शशांक कोइराला
(२८) तनहुँ १ - रामचन्द्र पौडेल
(२९) बाँके ३ - किशोरसिंह राठोर
(३०) रौतहट ४ - देवप्रकाश तिमल्सिना
नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु- मानवीर राई
(१४) पर्वत - पदम गिरी
(१५) झापा ४- लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५- बासुदेव घिमिरे
(१७) धनकुटा - राजेन्द्रकुमार राई
(१८) कास्की २ - विद्या भट्टराई
नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २- रेखा शर्मा
(९) खोटाङ- रामकुमार राई
नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १- माधवकुमार नेपाल
राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २- रवि लामिछाने
(६) ललितपुर ३- डा.तोसिमा कार्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १- दीपकबहादुर सिंह
लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १- रामप्रकाश चौधरी
जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
नेमकिपा
(१) भक्तपुर १- प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी
नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी
जनमत पार्टी
(१) सप्तरी २- सीके राउत
स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij