Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

चुनाव हारेपछि ओलीलाई कमल थापाले गरे यस्तो ट्विट

चुनाव हारेपछि ओलीलाई कमल थापाले गरे यस्तो ट्विट


  • 1.8K
    Shares

    चुनाव हारेपछि ओलीलाई कमल थापाले गरे यस्तो ट्विट

    नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधि सभा सदस्य निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मत गणना नसकिँदै आफ्नो हार स्वीकार गरे।

    नभन्दै मकवानपुर १ मा उनी मतका हिसाबले तेस्रो स्थानमा रहँदै हारे पनि। उक्त क्षेत्रमा प्रतिस्पर्धी कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष थापालाई पाखा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी भए। 

    निर्वाचनमा विजयी सिंहले २७ हजार ८ सय १६ तथा पराजित डिना र थापाले क्रमशः २५ हजार ४ सय २३ र २५ हजार ४ सय २० मत प्राप्त गरे। 

    अन्तिम नतिजा नआउँदै हार स्वीकारेर एमाले ‘कमरेड’हरूलाई धन्यवाद दिएका राप्रपा नेपालका अध्यक्ष थापाले नतिजा सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद भनेका छन्। साथै यस क्रममा उनले आफूले ओलीको विश्वास जोगाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन्। 

    ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद’, थापाले ट्विट गरेका छन्, ‘तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना।’

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १४:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij