Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

खोटाङमा माओवादी नेता रामकुमार राई विजयी

खोटाङमा माओवादी नेता रामकुमार राई विजयी


  • 2.1K
    Shares

    खोटाङमा माओवादी नेता रामकुमार राई विजयी

    एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकाे खोटाङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै राई निर्वाचित भएका हुन् ।

    निर्वाचित राईले ३१ हजार ३५१ मत प्राप्त गर्दा भट्टराई २८ हजार ६८२ मतमै सीमित हुनुपर्‍यो । ०७४ मा भने यहाँबाट भट्टराई नै निर्वाचित भएका थिए । त्यसबेला उनी संसदीय दलका प्रमुख सचेतकसमेत बने । अहिले उनी केन्द्रीय सदस्यको भूमिकामा छन् ।

    २०६४ मा पहिलो संविधान सभा सदस्य र ०७४ को प्रदेश सभा सदस्यमा निर्वाचित राईले तेस्रोपटक खोटाङे जनताको प्रतिनिधित्व गर्दैछन् । यसबीचमा उनी प्रदेश नं. १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीसमेत बने ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १४:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij