२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ ।
माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएको हो । यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्याली निस्किएको छ ।
बालकुमारी पुलबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिने छ ।
बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्याली गरेको बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij