२०८२ माघ १७ गते शनिवार
ताप्लेजुङ एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रत्येक्ष तर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभा तर्फको मतगणना सकिए लगत्तै हिजो साँझबाट दुई वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु गरिएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका योगेशकुमार भट्टराई निर्वाचित भएका छन् ।
उनी यो पटकसहित प्रतिनिधिसभामा दोश्रो पटक निर्वाचित भएका हुन् । उनले गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाइ २०८ मतको अन्तरले पराजित गरेका छन् । कुल खसेको ४८ हजार २ सय ९३ मध्ये भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।
यता अहिले बिहान सम्पन्न प्रदेशसभा क्षेत्रको मत परिणाम अनुसार क्षेत्र (क)मा नेकपा एमालेका तिलकुमार मेन्याङ्बो भारी मत सहित निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समादबादीका खेमबहादुर वनेमलाई ४ हजार ३९ मतको अन्तरले पराजित गरेका हुन् ।
यहाँ खसेको कुल २५ हजार ६७६ मध्ये तिलकुमार मेन्याङ्बोले १२ हजार ७७२ मत प्राप्त गरेका छन्, भने वनेमले ८ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा क्षेत्र (ख) भएका छन् । नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २ सय ४८ को मतान्तरले पराजित गर्दै हाङ्गाम निर्वाचित भएका हुन् ।
यहाँ खसेको कुल २१ हजार ८०७ मत मध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरेका छन् भने थोप्राले ९ हजार २४८ मत प्राप्त गरेका मूख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए । यता संघ र प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मत गणना गर्ने तयारी भएको मूख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij