Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरबाट विजयी बने राप्रपाका दीपक सिंह

अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरबाट विजयी बने राप्रपाका दीपक सिंह


  • 1.8K
    Shares

    अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरबाट विजयी बने राप्रपाका  दीपक सिंह

    मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् । प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा जित हात पारेका हुन् ।

    मकवानपुरमा एमाले तथा सत्ता गठबन्धनलाई पराजित गर्दै उनले शानदार जित दर्ता गरे । सिंहले मकवानपुर-१ मा खसेको ९१४८६ मतमध्ये २७ हजार ८ सय १६ ल्याएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४ सय २३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भए ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १३:५८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij