Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेस पराजित, स्वतन्त्र उम्मेदवार विजयी

देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेस पराजित, स्वतन्त्र उम्मेदवार विजयी


  • 2.1K
    Shares

    देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेस पराजित, स्वतन्त्र उम्मेदवार विजयी

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेस पराजित भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । 

    स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी ११ हजार १७० मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्दराज बोहरालाई ४८० मतान्तरले पराजित गरे । बोहोराले १० हजार ९७० मत पाए ।

    बोहोरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकासमन्त्री समेत हुन् । नेकपा एमालेका उम्मेदवार गजेन्द्र बहादुर शाहीले भने १ हजार ५३५ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । त्यो बेला डा.जोशी ३५८ मतान्तरले पराजित भएका थिए । 

    निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट निर्वाचित भए । उनले नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन् । भट्ट १२ हजार ११२ मतसहित निर्वाचित भएका थिए । भने बोहोराले ९ हजार १९५ मत पाएका थिए ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १३:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij