Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

कञ्चनपुर-१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

कञ्चनपुर-१ (२) मा कांग्रेसका विष्ट निर्वाचित


  • 1.6K
    Shares

    कञ्चनपुर-१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

    कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेका छन् । 

    जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १२:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij