२०८२ माघ १७ गते शनिवार
आइतबार सम्पन्न आम निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ सबै भन्दा कम राष्ट्रिय नागरिक पार्टीले पाएको छ । हालसम्म सो पार्टीले देशभरबाट जम्मा २७२ मत पाएको हो । यस्तै कम मत ल्याउनेमा तराई मधेस लोकतान्त्रिक पार्टी पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
सबैभन्दा बढी मत भने एमालेले पाएको छ । एमालेले ५ लाख ३४ हजार मत पाउँदा पछिपछि रहेको कांग्रेसले ४ लाख ९९ हजार मत पाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७५ मत पाउँदा चौथो स्थानमा रहेको माओवादी केन्द्रले २ लाख ४६ हजार तथा पाचौँ स्थानमा रहेको राप्रपाले १ लाख ४६ हजार मत पाएको छ ।
मतपरिणाम सूची

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij