Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

पुन मतदान नभए हामी त्यसै छोड्दैनौ: कर्ण थापा

पुन मतदान नभए हामी त्यसै छोड्दैनौ: कर्ण थापा


  • 4.0K
    Shares

    पुन मतदान नभए हामी त्यसै छोड्दैनौ: कर्ण थापा

    बाजुरा । गठबन्धनले चुनाब जित्ने नाममा एमाले कार्यकर्ताको हत्या गरेर चरम नाङ्गो देखाएको बाजुराबाट उम्मेदवार समेत रहेका एमाले नेता कर्ण थापाले आरोप लगाएका छन्।

    नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका थापाले सत्ता गठबन्धनले रक्तपात मच्चाउदै सत्ताको दुरुपयोग गर्दै बुथ कब्जा गर्ने र हिंसात्मक गतिविधि सत्तारुढ गठबन्धनले गरेको भन्दै थापाले बाजुरामा पुनः मतदान हुनुपर्ने बताएका छन् । बाजुरामा मतदानको दिन ब्यापक हिंसा भएको थियो। त्यहि हिंसा र बबाल्का कारण हुदा अहिलेसम्म मतगणना समेत हुन सकेको छैन ।

    एमाले कार्यकर्ताको हत्य भएको भन्दै एमाले ले जिल्लामा उग्र प्रदर्सन र बिरोध गरिरहेको छ। ‘१७ वटा वुथ कब्जा गरियो, गठबन्धनले छुरी हाने, खुकुरी हाने नेता थापाले भने, ‘उनीहरुले नै अशान्त मच्चाए, हाम्रा कार्यकर्तालाई घरबाट थुतेर सडकमा लगेर कुटेर मारे। हामी कसरी बस्दैनौ।’ मतदानको दिन लफडा भएपछि आयोगले बुढीनन्दा नगरपालिका– ५ मा रहेको एक मतदान केन्द्रमा मंसिर १० गते चुनाव गर्ने तयारी गरेको छ । तर त्यो मतदान केन्द्रमा मात्रै पुनः मतदान गरेर नहुने थापाले बताए ।

    बुढीनन्दा नगरपालिकाको वडानम्बरहरु २,३,४,७,८ र ९, त्रिवेणी खप्तडको वडाम्बर २ र ४, जगन्नाथ गाउपालिको २ र ४ र हिमाली गाउँपालिकाको ४ र ५ को बुथ कब्जा गरेर धाँधली गरिएको उनको आरोप छ । ‘जति मतपत्र आयो ठेली नै कब्जा गरेर एकै जनाले सबै छाप लगाएर मतपत्रमा खसालिएको छ’ नेता थापाले भने, ‘निर्वाचन आयोगको भूमिका केही देखिएन।’ यति ठूलो घटना घट्दा पनि प्रहरी प्रशासन रमिते बनेको उनको आरोप छ । प्रहरी प्रशासनले र निर्वाचन आयोगले सहयोग नगरेको थापाले गुनासो गरेका छन।पुन मतदान नभए परिस्थिति सामान्य नहुने उनले बताए ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १६:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij