२०८२ माघ १७ गते शनिवार
नेकपा एमालेका एकराज कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न चाँही बाँकी छ। कार्कीले दोस्रो पटक प्रदेशसभा सदस्य दोहोराएका हुन्।
राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरेका हुन्।
कार्कीले १८ हजार ७३१ मत ल्याएका छन्, भने पोखरेलले ६ हजार १०१ मत ल्याएका हुन्। भद्रपुर ७ निवासी पोखरेल झापा क्षेत्र ३ छाडेर गठबन्धनबाट क्षेत्र २ मा उठेका थिए। कार्कीको स्थायी बिर्तामोड ८ हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij