२०८२ माघ १७ गते शनिवार
गठबन्धनका उम्मेदवार भानुभक्त जोशीले अग्रता लिएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोशीले १६ हजार ३०२ मत पाएका छन् ।
अहिलेसम्म अग्रता लिइरहेका नेकपा एमाले उम्मेदवार ऐन महरले १६ हजार २५९ मत पाएका छन् । महरभन्दा जोशी ४३ मतले अगाडि बढेका छन्।
मत गणनाको सुरूवाती चरणदेखि नै महरले अग्रता लिइरहेका थिए । तर पछिल्लो मत गणनामा जोशीले उनलाई पछ्याएका हुन् । जोशीले अग्रता लिएसँगै मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मत गणनास्थलमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नको लागि सुरक्षा व्यवस्था चुस्त पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुर्गम क्षेत्रका मतपेटिका ढुवानीमा ढिलाई भएसपछि हिजो दिउँसो ४ बजेदेखि मात्रै मत गणना सुरू भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij