२०८२ माघ १७ गते शनिवार
नेकपा एमालेका सचिव गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । यो उनको तेस्रो जित हो ।
विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरे । झाँक्रीलाई सत्ता गठबन्धनको साथ थियो । करिब २ हजार मतान्तरले विष्ट निर्वाचित भएका छन् ।
यद्यपी निर्वाचन आयोगले औपचारिक मत सार्वजनिक गरिसकेको छैन । गुल्मी क्षेत्र नम्बर १ मा भने मतगणना अझै सुरु भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij