Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रामचन्द्र पौडेललाई १५ सय बढीको अग्रता कायमै, पछ्याउँदै एकबहादुर राना

रामचन्द्र पौडेललाई १५ सय बढीको अग्रता कायमै, पछ्याउँदै एकबहादुर राना


  • 1.6K
    Shares

    रामचन्द्र पौडेललाई १५ सय बढीको अग्रता कायमै, पछ्याउँदै एकबहादुर राना

    तनहुँ क्षेत्र नं-१ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । २६ हजार ७८६ मत गणना हुँदा पौडेलले निकटतम प्रतिद्वन्द्वी  एमालेका एकबहादुर रानासँग १५७७ को मतान्तर पुर्‍याएका छन् ।

    हालसम्म पौडेलले १० हजार १४० मत प्राप्त गरेका छन् भने रानाले ८ हजार ५६३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ६४१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ९८७ मत पाएका छन् ।

    त्यस्तै, प्रदेश १ तर्फ १५ हजार ९६६ गणना हुँदा गठबन्धनका अशोककुमार श्रेष्ठले ६ हजार ७०९ ल्याउँदै सुरुदेखि नै अग्रता लिएका छन् । कांग्रेसका रामबहादुर गुरुङले ४ हजार ८५९ मत प्राप्त गर्दै श्रेष्ठलाई पछ्याइरहेका छन् ।

    प्रदेश २ मा पनि गठबन्धनका हरिबहादुर चुमानले अग्रता लिएका छन् । २१ हजार १२० मत गणना हुँदा माओवादी केन्द्रका चुमानले ९ हजार १४७ मत पाएका छन् भने कांग्रेसका पूर्णबहादुर गुरुङले ७ हजार २६४ मत पाएका छन् ।
     

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १३:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij