Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?


  • 3.3K
    Shares

    समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

    प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ ।

    समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ । राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - १२:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij