२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले विहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।
पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल गर्ने निर्णय गरेको समितिका एक सचिवालय सदस्यले बताए ।
‘संसद विघटनको असंवैधानिक कदमको सडकमा आवाज उठिरहेको बेला त्यसलाई बेवास्ता गरेर पेलेरै लाने सरकार रबैया देखिएकोले थप खबरदारीको जरुरी भएर यो निर्णय गरिएको हो‘, उनले भने ।
आकस्मिकरूपमा डाकिएको बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त तथा शपथ गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर संघर्षका कार्यक्रमको औपचारिक घोषणा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij