Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

दार्चुलाको प्रदेशसभा (क) मा काँग्रेस र (ख) मा माओवादी विजयी

दार्चुलाको प्रदेशसभा (क) मा काँग्रेस र (ख) मा माओवादी विजयी


  • 1.5K
    Shares

    दार्चुलाको प्रदेशसभा (क) मा काँग्रेस र (ख) मा माओवादी विजयी

    दार्चुलामा प्रदेश सभा (क) मा नेपाली काँग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।

    काँग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् । काँग्रेसका बिक्रम सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।

    यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - ११:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij