Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

पश्चिम नवलपरासी क्षेत्र नम्बर १: नेता त्रिपाठी निरन्तर पछाडि, अर्बपति चौधरीले कति पाए मत ?

पश्चिम नवलपरासी क्षेत्र नम्बर १: नेता त्रिपाठी निरन्तर पछाडि, अर्बपति चौधरीले कति पाए मत ?


  • 1.7K
    Shares

    पश्चिम नवलपरासी क्षेत्र नम्बर १: नेता त्रिपाठी निरन्तर पछाडि, अर्बपति चौधरीले कति पाए मत ?

    जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा निरन्तर पछाडि छन् । नेता त्रिपाठीलाई अर्बपति तथा कांग्रेसका उम्मेदवार विनोद चौधरीले पछाडि पारेका हुन् ।

    यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरी समेतले त्रिपाठीलाई उछिनेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट नेता त्रिपाठीले विगत २५ वर्षदेखि प्रतिनिधित्व गर्दै आएकामा यसपटक धक्क लाग्ने देखिएको हो । 

    करिब ४० हजार मत गन्दा चौधरीले ३ हजार २ सय ९४ मतले अग्रता लिएका छन् । मतगणना शुरु भएदेखि तेश्रो स्थानमा रहेका नेता त्रिपाठी अहिले पनि सोही पोजिसनमा छन् ।

    निर्वाचन अधिकृतको कार्यालले दिएको तथ्याङ्क अनुसार चौधरीले १३ हजार ६६८ मत, महेन्द्र सेन ठकुरीले १० हजार ५०४ मत र नेता त्रिपाठीले १० हजार ३७४ मत प्राप्त गरेका छन् ।

     

    प्रकाशित मिति :मंसिर ७ २०७९ बुधवार - ११:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij