२०८२ माघ १७ गते शनिवार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई यस पटक जित निकाल्न कठीन बन्दै गएको छ । उनले महोत्तरी– ३ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
नेकपा एमालेबाट बिद्रोह गरेर उम्मेदवारी दिएका राम आधार कापरले अग्रता लिएका छन् । कापरले दुई हजार ८९३ मत ल्याउँदा ठाकुरले एक हजार ५४५ मत पाएका छन् ।
ठाकुरलाई सत्ताधारी गठवन्धनको समर्थन छ । यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका ठाकुरलाई यस पटक भने कठीनाई पर्ने संभावना देखिएको हो । यद्यपि मतगणना प्रारम्भिक चरणमै रहेको छ ।
त्यस्तै, एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण चौधरीले एक हजार ३२७ मत पाएका छन् । यस क्षेत्रमा हालसम्म करिव आठ हजार मत गणना भइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij