Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गोरखा–२ मा १२,६१५ मतगणना: तेब्बर मतान्तरले अगाडि प्रचण्ड

गोरखा–२ मा १२,६१५ मतगणना: तेब्बर मतान्तरले अगाडि प्रचण्ड


  • 1.9K
    Shares

    गोरखा–२ मा १२,६१५ मतगणना: तेब्बर मतान्तरले अगाडि प्रचण्ड

    प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । 

    १२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् ।

    गोरखा क्षेत्र नम्बर १ मा पनि सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले मतान्तर बढाएका छन् । बजगाईंले १ हजार ८सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १६:२७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij