Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा लियो अग्रता, कहाँ कहाँ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा लियो अग्रता, कहाँ कहाँ ?


  • 1.8K
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा लियो अग्रता, कहाँ कहाँ ?

    केही समयअघि मात्र गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको आम निर्वाचनमा निकै राम्रो प्रदर्शन गरेको छ ।

    पछिल्लो मतगणनालाई आधार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा प्रत्यक्षमा नेतृत्व गरेको छ । यो पार्टीले समानुपातिकमा पनि राम्रो मत संकलन गरिरहेको छ । 

    पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ६ का उम्मेदवार शिशिर खनाल अगाडि छन् । उनले ५३०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ३२९० मत ल्याएका छन् ।

    त्यस्तै, यो पार्टीका उम्मेदवार लालविक्रम थापाले पनि अहिले लिड गरिरहेका छन् । उनी सुनसरी २ का उम्मेदवार हुन् । उनीसँग निकटतम प्रतिस्पर्धी भएका छन्, सिताराम महतो । नेपाली कांग्रेसका महतोले ७०५ मत ल्याएका छन्, थापाले ८९४ ।

    चितवन १ मा पनि यही पार्टीबाट हरि ढकालले अग्रता लिएका छन् । उनले ६२६७ मत ल्याउँदा उनका नजिकका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३ सय ९९ मत ल्याएका छन् ।

    काठमाडौं ७ मा पनि यही पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । ३४४५ मतसहित अग्रता लिएका उनलाई पछ्याएका छन्, नेकपा एमालेका श्यामकुमार घिमिरेले ।

    सुनसरी ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनाली अगाडि छन् । उनले ८२ढ मत ल्याउँदा नेकपा एमालेकी भगवती चौधरीले ७३४ मत ल्याएकी छिन् ।

    यो पार्टीका काठमाडौं ८ का उम्मेदवार विराज भक्त श्रेष्ठले लगभग जित पक्का गरेका छन् । उनले ६९२१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका सुमन सायमीले ४ हजार ९ सय मत ल्याएका छन्् ।

    झापा ४ पनि यही पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल अगाडि रहेका छन् । रुपन्देही २ मा यो पार्टीका उम्मेदवार गणेश पौडेलले नेकपा एमालेका विष्णु पौडेललाई पछाडि पारेका छन् । गणेशले ४१६९ मत ल्याउँदा विष्णु पौडेलले ४०६९ मत मात्र ल्याएका छन् ।

    कास्की २ मा मतगणना सुरु भएसँगै अग्रता लिएका माधवप्रसाद कँडेलले नेकपा एमालेकी विद्या भट्टराई पछाडि पारेका छन् । कँडेलले ३५४७ मत ल्याउँदा भट्टराईले ३३९८ मत ल्याएकी छिन् ।

    चितवन २ मा यो पार्टीका अध्यक्ष रवि लामिछानेले पछिल्लो केही समय यता अग्रता कायम गरेका छन् । उनी लामो समय दोस्रो र तेस्रोमा थिए । अब उनले एमालेका कृष्णभक्त पोखरेललाई पछाडि पारेका छन् । लामिछनेको ४००७ मत आउँदा पोख्रेलको ३८७९ मत आएको छ ।

    काठमाडौं २ मा पनि यही पार्टीकी उम्मेदवार सोविता गौतमले निकै राम्रो मतान्तर सहित अग्रता लिएकी छिन् । उनले ७१८३ मत ल्याउँदा उनलाई पछ्याएकी कुन्ति देवी पोखरेलको ५०५० मत आएको छ । पोखरेल राप्रपाकी उम्मेदवार हुन् ।

    ललितपुर ३ मा डा. तोसिमा कार्कीले जित लगभग पक्का गरेकी छिन् । उनले नेकपा एमालेका अमृत खड्कालाई २ हजारभन्दा धेरै मतले पछाडि पारेकी छिन् ।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १६:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij