२०८२ माघ १७ गते शनिवार
काठमाडौं क्षेत्र–९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
श्रेष्ठले प्रतिनिधिसभामा योसहित चौथो जित निकालेका हुन्। श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहिन्। श्रेष्ठ यसअघि २०४९, २०५१ र २०७४ को आमनिर्वाचनमा विजयी भएका थिए।
कसरी जिते श्रेष्ठले?
श्रेष्ठ गठबन्धनका उम्मेदवारलाई हराउनमात्रै होइन एमालेले प्रतिनिधि सभा विघटनका बेलामा ओलीको पक्षमा लागेवापत गुमाएको जनमतलाई जोगाउन पनि सफल भएका छन्।
दुईपटक प्रतिनिधि सभा विघटन गरेपछि काठमाडौंमा ओलीविरुद्ध जनमत तयार हुँदै गर्दा श्रेष्ठले आफ्नो अध्यक्षको बचाउ गरेका थिए। उनले ओलीलाई फुटबलका पेलेसँग तुलना गरेका थिए। उनको जितका लागि सत्ता गठबन्धनले काठमाडौं-९ मा माओवादी केन्द्रलाई उम्मेदवारी दिनु प्रमुख कारण भएको बताइन्छ।
एकातिर सहरी क्षेत्रमा माओवादी केन्द्रको कमजोर जनमत र अर्कोतिर गठबन्धनमा भोट ट्रान्सफर नहुँदा गोपालले सहज जित निकालेका हुन्। गठबन्धनभन्दा स्वतन्त्र पार्टीका उम्मेदवारले श्रेष्ठलाई चुनौती दिए। श्रेष्ठभन्दा तुलनात्मक रुपमा भट्टराई र पौडेल एमालेका आकर्षक तथा युवा उम्मेदवार हुन्। तर दुबै जना निर्वाचित उम्मेदवारसँग फराकिलो अन्तरले पराजित भए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij