२०८२ माघ १७ गते शनिवार
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। कालिका नगरपालिकाको मतगणना सुरु भएसँगै लामिछानेले अग्रता लिन थालेका हुन्।
पछिल्लो परिणमअनुसार लामिछानेले ४००७ मत प्राप्त गरेका छन्। यस्तै दोस्रो नम्बरमा धकेलिएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत ल्याएका छन्।
यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवम् विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij