२०८२ माघ १७ गते शनिवार
लुम्बिनी प्रदेशका प्रतिनिधि सभातर्फका २६ क्षेत्रमध्ये केहीमा बाहेक अन्यमा मतगणना जारी छ । जसमध्ये एमालेको अग्रता धेरै क्षेत्रमा रहेको छ ।
प्रतिनिधि सभातर्फ लुम्बिनी २६ निर्वाचन क्षेत्रमा जारी मतगणनाअनुसार एमालेले ९ स्थानमा अग्रता लिएको छ । यसैगरी दोस्रोमा रहेको नेपाली कांग्रेसले ४ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३÷३ स्थानमा अग्रता लिएका छन् ।
जारी मतगणनामा लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा अग्रता लिएका छन् । गुल्मी १ मा स्थगित भएको एक वडामा मतदान जारी रहेकाले गणना शुरु भएको छैन ।
रुपन्देही–१ : यस क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले २ हजार ५४२ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका नेता घनश्याम भुसाल (त्रिभुज) ले १ हजार ९६४ प्राप्त गरेका छन् । यसैगरी घण्टीमा ५६७, नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ५९७ मत ल्याएका छन् ।
रूपन्देही २ : रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले मतान्तर घटाएका छन । १२ हजार ३०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको ४ हजार १३४ र विष्णु पौडेलको ४ हजार ६९ मत छ । गणेश र विष्णुको मतान्तरले अहिले ६५ मा झरेको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार १४२ मत ल्याएका छ ।
रुपन्देही–३ : यस क्षेत्रमा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन् । उनले ४ हजार १७० मत प्राप्त गर्दा, खाणले ३ हजार ९१९ मत प्राप्त गरेका छन् ।
रुपन्देही–४ : रूपन्देहीमा ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा ८ हजार ८४३ मत प्राप्त गर्दा यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका प्रमोद यादव दोस्रोमा छन् । यादवले ३ हजार ६१५ मत प्राप्त गरेका छन् ।
रुपन्देही–५ : यस क्षेत्रमा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका भरत शाहलाई उछिनेका छन् । घिमिरले ८ हजार १६५ मत प्राप्त गर्दा शाहले ६ हजार ५४१ मत प्राप्त गरेका छन् ।
दाङ–१ : नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभातर्फको जारी मतगणनामा मेटमणीले कलम चिन्हमा २ हजार २४० मत प्राप्त गरेका छन् । भने, नेकपा एमालेकी शान्ता चौधरीले सूर्य चिन्हमा १ हजार ४५९ मत प्राप्त गरेकी छन् ।
दाङ–२ : नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले गोलाकार भित्रको हसियाँ हथौंडा चिन्हमा ७ हजार ५११ प्राप्त गरेकी छन् भने नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ५ हजार ९३९ मत प्राप्त गरेका छन् ।
दाङ–३ : प्रतिनिधि सभातर्फको जारी मत गणनामा नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । जारी मत गणनामा गिरीले ३ हजार ४६० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी कोमल वलीले सूर्य चिन्हमा २ हजार ९२९ मत प्राप्त गरेकी छन् ।
अर्घाखाँची : एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । रायमाझीले सूर्य चिन्हमा १० हजार १८७ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले रुख चिन्हमा ७ हजार ६३१ मत प्राप्त गरेकी छन् ।
पाल्पा–१ : प्रतिनिधि सभाको जारी मतगणनामा पाल्पा एकबाट नेकपा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले सूर्य चिह्नमा ३ हजार ४४२ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १ हजार ४७८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा आचार्यले दोब्बर मतकासाथ अग्रता लिइरहेका छन् ।
पाल्पा–२ : प्रतिनिधि सभातर्फ पाल्पा–२ को जारी मतगणनामा नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले ४ हजार ४२ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले कलम चिन्हमा ३ हजार ९४ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–१ : जारी मतगणनामा कपिलवस्तु–१ मा नेकपा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले ५०६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनालले ४२१ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–२ : यस क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ३ हजार ८६० मत प्राप्त गर्दा नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३ हजार ५०४ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–३ : प्रतिनिधि सभातर्फ जारी मतगणनामा कपिलवस्तु ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले अग्रता कायम राखेका छन् । जारी मतगणनामा शाहले रुख चिन्हमा २ हजार ८०३ मत प्राप्त गर्दा नेकपा एमालेका मंगलप्रसाद गुप्ताले २ हजार ४३४ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्व : प्रतिनिधि सभाको जारी मतगणनामा यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । यसअघि लुम्बिनी प्रदेश सभाका सभामुखसमेत रहेका घर्तीले ३ हजार १०६ मत प्राप्त गर्दा नेकपा एमालेका कैलाशकुमार मल्लले सूर्य चिह्नमा १ हजार २४८ मत प्राप्त गरेका छन् ।
रोल्पा : एकमात्र निर्वाचन क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान अघि छन् । उनले ६ हजार ७६८ मत प्राप्त गर्दा नेकपा एमालेका पूर्ण बुढा मगरले सूर्य चिह्नमा २ हजार ६०१ मत प्राप्त गरेका छन् ।
बर्दिया–१ : बर्दिया १ को जारी मतगणनामा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सो पार्टीका ठाकुरसिंह ७ हजार ५८३ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा रहेको नेपाली कांग्रेसको संजय ६ हजार ७५७ मत प्राप्त गरेका छन् ।
बर्दिया–२ : स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । रेशम चौधरीका बुवा लालवीरले चापाकल चिन्हमा १६ हजार ४५८ मत गरेका छन् । यसैगरी दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका सुरेश पन्तले गोलाकारभित्र हंसियाँ हथौंडामा १० हजार ८९३ मत प्राप्त गरेका छन् ।
प्युठान : प्रतिनिधि सभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा भर्खरै मत गणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले सूर्य चिह्नमा १ हजार ९९१ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा रहेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गिलास चिह्नमा १ हजार ७०२ मत प्राप्त गरेकी छन् ।
बाँके–१ : प्रतिनिधि सभातर्फको जारी मतगणनामा नेकपा एमालेका सूर्यप्रसाद ढकालले अग्रता लिएका छन् । उनले सूर्य चिह्नमा ५ हजार ६७९ प्राप्त गर्दा नेकपा माओवादीका महेश्वरजंग गहतराजले गोलाकारभित्र हसियाँ हथौंडामा ४ हजार ७४७ मत प्राप्त गरेका छन् ।
बाँके–२ : जारी मतगणनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । उनले हलो चिह्नमा १३ हजार ३५५ मत प्राप्त गर्दा दोस्रोमा रहेका जसपका मोहम्मद इस्तियाक राईले ढल्केको छाता चिन्हमा ८ हजार ५५९ मत प्राप्त गरेका छन् ।
बाँके–३ : एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका किशोरसिंह राठोरले रुख चिह्नमा ८ हजार २६१ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतिले ७ हजार ७१८ मत प्राप्त गरेका छन् ।
नवलपरासी–१ : राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन् । ठकुरीले ४ हजार ६८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विनोद चौधरीले ४ हजार ५६० मत प्राप्त गरेका छन् ।
नवलपरासी २ : यस क्षेत्रमा राप्रपाका धु्रवबहादुर प्रधानले अग्रता लिएका छन् । प्रधानले हलो चिन्हमा ५ हजार ३५९ मत प्राप्त गर्दा काँग्रेसका देवेन्द्रराज कँडेलले १ हजार ८१५ मत प्राप्त गरेका छन् ।
गुल्मी–२ : यस क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले १० हजार १२५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले कलम चिह्नमा ८ हजार ७ मत प्राप्त गरेकी छन् ।
गुल्मी–१ : मंसिर ४ मा मतदान स्थगित भएको वडामा पुनः मतदान जारी, गणना हुन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij