Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

‘डेन्जर जोन’ मा देखिए यी चर्चित अनुहार

‘डेन्जर जोन’ मा देखिए यी चर्चित अनुहार


  • 1.6K
    Shares

    ‘डेन्जर जोन’ मा देखिए यी चर्चित अनुहार

    प्रतिनिधि सभा निर्वाचनमा दलका मुख्य नेतामध्ये ४ जना रेड जोनमा देखिएका छन्।

    सार्वजनिक भइरहेका मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो रेड जोनमा परेका हुन्।

    इलाम १ मा समाजवादीका नेता खनाल एमालेका महेश बस्नेतसँग पछि परेका छन्। एमालेका बस्नेतले ५६ सय २६ मत ल्याउँदा खनालले ४ हजार ८ सय ५० मत ल्याएका छन्। 

    साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका छन्। राउतले १४ हजार  ४ सय ६८ मत ल्याउँदा यादवले ७ हजार २ सय ७१ मत ल्याएका छन्।

    यस्तै लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन्। कापरले २२ सय ४ ल्याउँदा ठाकुरले १९ सय ९६ मत ल्याएका छन्। 

    सर्लाही २ मा लोसपाका राजेन्द्र महतो माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पछि परेका छन्। यादवले  १८ सय २५ मत ल्याउँदा महतोले १३ सय ११ मत ल्याएका छन्। 

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १४:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij