Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

निर्वाचित भएपछि प्रकाशमानले भने– 'म प्रधानमन्त्रीको योग्य छु, अवसर पाए पछि हट्दिनँ'

निर्वाचित भएपछि प्रकाशमानले भने– 'म प्रधानमन्त्रीको योग्य छु, अवसर पाए पछि हट्दिनँ'


  • 1.5K
    Shares

    निर्वाचित भएपछि प्रकाशमानले भने– 'म प्रधानमन्त्रीको योग्य छु, अवसर पाए पछि हट्दिनँ'

    काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा चौथो जित निकालेका प्रकाशमान सिंहले प्रधानमन्त्रीको अफर आए पछि नहट्ने बताएका छन्। 

    निर्वाचित भएपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अफर आए पछि नहट्ने बताएका हुन्। उनले आफू यसअघि पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका कारण यसपटक पनि सांसदहरुसँग छलफल गरेर निर्णय गर्ने बताए।

    ‘अघिल्लो पटक पनि म नेपाली कांग्रेस संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो। कांग्रेसका सांसदहरुसँग सल्लाह गुर्छ। सबै साथीहरुसँग सल्लाह गरेर गर्ने कुरा हो। परिस्थिति फरक भइरहेको छ। म प्रधानमन्त्रीको योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि। अफर आयो भने पछि हट्ने कुरा आउँदैन,’ उनले भने।

    सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन्। नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत ल्याउन सफल भए।

    सिंहले आफू  आम मतदाताको गुनासो सुन्ने काममा निरन्तर लाग्ने बताए। खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे। वागमती, विष्णुमती,  रुद्रमती, इच्छुमतीमा १२ महिना नै सफा बानी बग्ने वातवरण मिलाउने र प्रदूषण नियन्त्रण गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १२:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij