२०८२ माघ १७ गते शनिवार
नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका उद्योगपति विनोद चौधरीले अग्रता यथावत् राखेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, चौधरीले ३३५८ मत हासिल गर्दा रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।
त्यहाँ पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि नेकपा एमालेको समर्थनमा उम्मेदवार छन् । तर उनी भने त्यहाँ तेस्रो अवस्थामा छन् । उनले हालसम्म २ हजार ५६८ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij