Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

यी हुन् अहिलेसम्म अग्रता लिइरहेका एकीकृत समाजवादीका ६ उम्मेदवार‍

यी हुन् अहिलेसम्म अग्रता लिइरहेका एकीकृत समाजवादीका ६ उम्मेदवार‍


  • 1.8K
    Shares

    यी हुन् अहिलेसम्म अग्रता लिइरहेका एकीकृत समाजवादीका ६ उम्मेदवार‍

    नेकपा (एकीकृत समाजवादी) ले ६ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। सार्वजनिक मतपरिणाम अनुसार रौतहट १, धादिङ १, डोटी, सल्यान, दाङ १ र बारा ४, मा उक्त पार्टीका उम्मेदवारले अग्रता लिएका हुन्। 

    रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५४ सय ४५ मत ल्याएका छन् भने एमालेका अजयकुमार गुप्ताले ४८ सय ७३ ले पछ्यारहेका छन्।

    धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले  ५ हजार ३ सय ७१ मतसहित अघि छन्। एमालेका भूमिप्रसाद त्रिपाठीले ५ हजार १ सय ८८ मत ल्याएका छन्।

    बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले २३ सय ५ ल्याएका छन् भने एमालेका एकवाल मियाँले १९३७ मत ल्याएका छन्। दाङ १ मा समाजवादीका मेटमणि चौधरीले अग्रता लिएका छन्। उनले २०३६ मत ल्याएका छन् भने एमालेकी शान्ता चौधरीले १३ सय १ मत ल्याएकी छिन्।

    सल्यानमा एकीकृत समाजवादीका उपमहाचिव प्रकाश ज्वालाले ८ हजार ९०७ मत ल्याएका छन् भने  एमालेका राजेन्द्रवीर रायले २४ सय १८ ल्याएका छन्।

    डोटीमा प्रेम आलेले १२ सय ६२ मतका साथ अग्रता लिएका छन्। एमालेकी गौरी वलीले  ७सय ७४ मत ल्याएकी छिन्। १९ निर्वाचन क्षेत्रमा चुनाव लडेको एकीकृत समाजवादीले ललितपुर २ गुमाएको छ। त्यहाँ समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन पराजित भएका हुन्।

    समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम १ मा एमालेका महेश बस्नेतसँग पछि परेका छन्। एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री गुल्मी २ मा एमालेका गोकर्ण बिष्टसँग पछि परेकी छन्।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - ११:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij