Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रारम्भिक मतगणनामा एमाले १७ स्थानसहित अगाडि, गठबन्धन पछाडि

प्रारम्भिक मतगणनामा एमाले १७ स्थानसहित अगाडि, गठबन्धन पछाडि


  • 1.7K
    Shares

    प्रारम्भिक मतगणनामा एमाले १७ स्थानसहित अगाडि, गठबन्धन पछाडि

     प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिइरहेको छ । यसअघि संसदमा रहेका सत्ताधारी तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन ।

    नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन् । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ ।

    प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिदाँ नयाँ पार्टीहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिईरहेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिदाँ यस अघिका प्रतिनिधिसभामा रहेका मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनता पार्टीले अहिलेसम्म अग्रता लिएको देखिएको छैन ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १६:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij