Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्रीको निर्देशन

बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्रीको निर्देशन


  • 1.8K
    Shares

    बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्रीको निर्देशन

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए । 

    गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउने वातावरण बनाउन निर्देशन दिएका हुन् । 

    आइतबारको निर्वाचनमा मतदान भइरहेको समयमा  त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सन्दीप ऐडीको घटनास्थलमै मृत्यु भएको थियो ।

    त्यस्तै, विपक्षीको कुटपिटबाट घाइते भएका एमाले कार्यकर्ताका चेतन ऐडीको अछामस्थित बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    सोही विषयलाई लिएर सोमबार त्रिवेणी नगरपालिकामा तनाव भएको छ । तनावपूर्ण अवस्थालाई सामान्यीकरण गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न गृहमन्त्री खाणले भनेका छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १३:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij