२०८२ माघ १७ गते शनिवार
भक्तपुर क्षेत्र नम्बर–२ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
प्रारम्भिक मतगणना अनुसार थापाले अग्रता लिएका छन् । थापाले २ हजार २ सय ३० मत पाउँदा एमाले उम्मेदवार बस्नेतले १ हजार ६ सय ३२ र राप्रपाका मोहन केसीले १ सय २३ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij