Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता, को हुन् योगेश गौचन?

कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता, को हुन् योगेश गौचन?


  • 1.6K
    Shares

    कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता, को हुन् योगेश गौचन?

    नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ मुस्ताङबाट खाता खोलेको छ। ९१ उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन थकालीले यहाँबाट खाता खोलेका हुन्। आफू निर्वाचित भए पनि आधिकारिक परिणाम आउन भने बाँकी रहेको योगेशले बताए।

    'जित भइसकेको छ। अहिले म मतगणनास्थलमै छु,' योगेशले भने, 'आधिकारिक परिणाम आउन भने बाँकी छ। गन्न बाँकी मतभन्दा मेरो मत माथि गइसकेको छ।'

    एमालेका प्रेमप्रसाद थकालीलाई पराजित गर्दै गौचन प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन्। २९ वर्षे योगेशका प्रतिस्पर्धी प्रेम ६२ वर्ष पुगेका छन्। प्रेमप्रसाद यसअघि एमालेबाट निर्वाचित भएका थिए। कांग्रेसबाट युवा उम्मेदवार रहेको र प्रेमले निर्वाचनमा खासै मेहेनत नगरेको बताइएको छ।

    को हुन् योगेश?

    नेपालमा योगेशले लिटल एन्जल्स स्कुल ललितपुरबाट एसएलसी सकाएका थिए। लगत्तै भारत पढ्न गएका योगेशले त्यहाँबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पूरा गरेका छन्।

    भारतबाट फर्केका योगेश हाल पर्यटन व्यवसाय र निर्माण व्यवसायमा संलग्न छन्। योगेश मुस्ताङ कांग्रेसका जिल्ला सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्।

    कांग्रेसको महासमिति सदस्य रहेका योगेश गण्डकी प्रदेश कार्यसमितिमा समेत रहेका छन्।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - १२:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij