Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु

मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु


  • 1.7K
    Shares

    मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान सुरु भएको छ ।

    शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामा आगजनी गर्दा आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी रहने बताए ।

    स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि साँझबाटै मतगणना गरिने उहाँले बताउनुभयो । यो मतदान केन्द्रमा नौ सय ८० मतदाता छन् ।

    यो पनि पढ्नुहोस् – प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।

    झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij