Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काँग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी

काँग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी


  • 1.9K
    Shares

    काँग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी

    काठमाडौँ । नेपाली काँग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

    चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राम मन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा काँग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनी उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रूपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरूलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ती बुथमा पुन मतदानको माग गरिएको छ ।

    स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दै छौँ । उजुरीमा धाँधली गरिएको ब्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भने ।

    स्याङ्जा २ मा काँग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ, राप्रपाबाट लालगोपाल अर्याल लगायत उम्मेदवार छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij