Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई आयोगले तिरायो जरिवाना

रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई आयोगले तिरायो जरिवाना


  • 1.7K
    Shares

    रक्सी खुवाउन १५ लाख लाग्यो भनेपछि दीपक मनाङेलाई आयोगले तिरायो जरिवाना

    मंसिर ४ को निर्वाचनमा मनाङ प्रदेश सभा 'ख' बाट निर्विरोध निर्वाचित भइसकेका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई निर्वाचन आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। 

    आयोगले स्वतन्त्रबाट निर्विरोध विजयी उनलाई रक्सीबारे दिएको अभिव्यक्तिलाई लिएर २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय लिएको हो।

    गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउनै नपुग्ने भनेपछि आयोगले गत कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो। 

    गुरुङले निर्वाचन खर्चबारे ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको थियो।

    तर उक्त प्रकरणमा मनाङेले दिएको जवाफमा चित्त नबुझेको भन्दै आयोगले उनलाई कारवाही गरेको हो। गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकिएको खर्चको सीमा २३ लाख मात्रै छ।

    त्यहीकारण उनलाई आयोगले सोधेको थियो, ‘तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेश गर्नू।’

     

    प्रकाशित मिति :मंसिर २ २०७९ शुक्रवार - १४:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij