Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्रै सार्वजनिक गर्ने आयोगले गर्यो यस्तो निर्णाय

प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्रै सार्वजनिक गर्ने आयोगले गर्यो यस्तो निर्णाय


  • 2.1K
    Shares

    प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्रै सार्वजनिक गर्ने आयोगले गर्यो यस्तो निर्णाय

    निर्वाचन आयोगले आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने जनाएको छ। प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने आयोगको भनाइ छ।

    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरु हुनेछ। तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं।’ २२ मंसिरभित्र चुनावका सबै नतिजाको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको उनले बताए।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा देशभर एकै चरणमा हुँदै छ। चुनावमा १ करोड ७९ लाख ८० हजार ५७० मतदाता रहेका छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ। ३ मंसिरसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउनेछन्।

    प्रकाशित मिति :मंसिर २ २०७९ शुक्रवार - १३:५०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij