२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गरेका छन् ।
तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट यादव २०७० सालको संविधान सभामा प्रमुख सचेतक थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई मंगलवार नेकपा प्रवेश गराएका हुन् ।
रसियामा इन्जिनीयरिङ पढेका यादव पूर्वाधार विज्ञ हुन् । विगतमा उनी जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिन्थे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij