Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

चुनावी अभियानमा व्यस्त शिक्षामन्त्री पौडेल, मन्त्रालयको नियमित काम समेत गर्दै

चुनावी अभियानमा व्यस्त शिक्षामन्त्री पौडेल, मन्त्रालयको नियमित काम समेत गर्दै


  • 1.6K
    Shares

    चुनावी अभियानमा व्यस्त शिक्षामन्त्री पौडेल, मन्त्रालयको नियमित काम समेत गर्दै

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेल प्रचार प्रसारमा व्यस्त छन् ।

    चुनावी प्रचार प्रसारकै क्रममा उनले मन्त्रालयको नियमित काम समेत गर्दै आएका छन् । २ वटा विश्वविद्यालय थप गरिदैंछ । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको विधेयकका लागि सदनमा पठाउनुपर्ने भएकाले कागजातमा हस्ताक्षर गरेका थिए । 

    नयाँ खुल्न लागेका दुईवटा विश्वविद्यालय स्थापनाका लागि ऐन बन्ने प्रक्रियामा छ । त्यसका लागि विधेयकहरू राष्ट्रियसभाबाट उत्पत्ति गर्ने सरकारको तयारी छ । राष्ट्रियसभामा विधेयक पठाउनै पर्ने भएकाले मन्त्रीले अन्तिम स्वीकृति गर्नुपर्ने थियो । मन्त्री चुनावी कार्यक्रममा व्यस्त रहेपछि मन्त्रालयका कर्मचारी नै बाग्लुङ गएका हुन् । 

    ‘चुनावमा व्यस्त हुनुहुन्थ्यो । काम नरोकियोस् भनेर कर्मचारीलाई बोलाएर हस्ताक्षर गरेर पठाउनुभएको हो ।’ मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले भने । चुनावी अभियानकै रहँदा पनि बेला बेला काठमाडौं गएर मन्त्रालयको नियमित काम गर्दै आएका छन् । मन्त्रीको आवश्यकता पर्ने बाहेकका काम मन्त्रालयका अधिकारीहरूले गर्दै आएका छन् ।

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १३:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij