Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काठमाडौँ-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार


  • 1.4K
    Shares

    काठमाडौँ-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

    सर्वोच्च अदालतले काठमाडौँ-९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो ।

    निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरू नरहेको अदालत प्रारम्भिक ठहर छ ।

    काठमाडौँ-९ का उम्मेदवार मधु कार्कीले फरक-फरक उम्मेदवारलाई एकै किसिम समरूप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् ।

    साथै उनले काठमाडौँ-९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन ।

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १२:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij