२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।
संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएकालाई शपथ गराउन नहुने केही कानुनविद्हरूको तर्क थियो । संसद् नभएकाले परिषद्ले गरेको सिफारिस काम नलाग्ने भन्दै सभामुख अग्नि सापकोटाले फाइल नै फिर्ता पठाइदिएका थिए ।
तर, ४५ दिनभित्र सुनुवाइ हुन नसके राष्ट्रपतिले सीधै नियुक्त गर्न सक्ने वैधानिक व्यवस्था रहेकाले शपथ खुवाइएको राष्ट्रपति कार्याललय जनाएको जनाएको छ ।
यसैबीच, थारु आयोगका अध्यक्षसहित सदस्यहरुले भने शपथ लिएनन् । अध्यक्ष काठमाडौं बाहिर रहेकाले उनीसहित सदस्यहरुले शपथ नलिएको राष्ट्रपति कार्यालयलका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । थारु आयोगको अध्यक्षमा विकास चौधरीको नाम सिफारिस गरिएको छ भने सदस्यमा बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी छन् ।
थारु आयोग
सदस्य : विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
शपथ लिनेहरुको सूचि
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अध्यक्ष : प्रेमकुमार राई
सदस्यहरू जयबहादुर चन्द
किशोरकुमार सिलवाल
निर्वाचन आयोग
सदस्यः रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
मानवअधिकार आयोग
अध्यक्षः टपबहादुर मगर
सदस्यः मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिली बस्नेत थापा
मिहि ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
सदस्यः जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
सदस्यः कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यः मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यः रामचन्द्र जोशी
हरिभक्त जोशी
जीतेन्द्र पाश्वान
आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यः मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना स्याङ्जा
चरण राई
मधेसी आयोग
सदस्यः जीवच्छ साह
रेणुदेवी शाह
विजय गुप्ता
मुस्लिम आयोग
महमुद्दिम अलि
मिर्जाअर्सद बेग
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij