Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजार मतदाता

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजार मतदाता


  • 1.9K
    Shares

    बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजार मतदाता

    बागमती प्रदेशको काठमाडौँ उपत्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।

    तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

    ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदी बन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १२:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij